प्रधानमन्त्रीको नाम भजाएर कसले उठाउँदैछ चन्दा?

हिमाल प्रेस २८ असोज २०८२ ६:५६ | Tuesday, October 14, 2025
प्रधानमन्त्रीको नाम भजाएर कसले उठाउँदैछ चन्दा?

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा विभिन्न जिल्लामा चन्दा माग्ने वा संकलन गर्ने कार्य भइरहेको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री वा सो कार्यालयको तर्फबाट कुनै पनि व्यक्ति वा समूहलाई कुनै परियोजना, कोष वा सामाजिक कार्यका लागि चन्दा वा सहयोग रकम संकलन गर्न अनुमति नदिइएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध छ।’

त्यसैगरी, प्रधानमन्त्रीको नाममा आर्थिक सहयोग उठाउने वा त्यसलाई प्रोत्साहन गर्ने कार्य भेटिएमा कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ। यस्ता गतिविधि फेला परेमा नजिकको स्थानीय प्रशासन वा प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन नागरिकहरूलाई आग्रह गरिएको छ।

नेपालबाहिर रहेका नेपालीहरूले समेत सो प्रकारका अनाधिकृत गतिविधि देखेमा सम्बन्धित देशस्थित नेपाली नियोग वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउन अनुरोध गरिएको छ।

प्रकाशित: २८ असोज २०८२ ६:५६ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast