आज कुन कुन भगवान्को पूजा गर्ने?

हिमाल प्रेस ७ कार्तिक २०८२ ६:३४ | Friday, October 24, 2025
आज कुन कुन भगवान्को पूजा गर्ने? पाथीभरा । फाइल तस्बिर

काठमाडौँ- आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। हिन्दु धर्मावलम्बीका लागि आजको दिन धार्मिक दृष्टिले अत्यन्त शुभ मानिन्छ।

आज शुक्रबार पाथीभरा माता, सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको विशेष पूजाआराधना गरिन्छ। धर्मशास्त्र अनुसार यस दिन माता लक्ष्मीको व्रत बसेर विधिपूर्वक पूजा गर्दा जीवनमा धन, समृद्धि र आर्थिक स्थिरता प्राप्त हुने विश्वास रहँदै आएको छ।

व्रत बस्नेले आज फलाहारका रूपमा चना र सख्खर सेवन गर्नुपर्छ। अमिलो पदार्थ खानु अशुभ मानिन्छ। धार्मिक परम्पराअनुसार आजका दिन तीन प्रकारका व्रत-सन्तोषी माता, वैभवलक्ष्मी र अन्नपूर्णेश्वरी माताका अलग अलग विधिमा गरिन्छ।

आजको दिन सेतो रंगका वस्त्र धारण गर्नु शुभ मानिन्छ। घरमा खीर बनाएर गरिब वा अभावग्रस्त व्यक्तिलाई वितरण गरे घरको भण्डार भरिने र लक्ष्मीको कृपा प्राप्त हुने विश्वास छ।

सन्तोषी माताको व्रत बस्ने स्त्री वा पुरुषले सुख, शान्ति र मनोकांक्षा पूर्ण हुने मान्यता रहेको छ।

शुक्र ग्रह अशुभ वा पीडादायक अवस्थामा रहेको मानिएमा यस दिन शान्तिका लागि सेतो रंगको घोडा दान गर्न, रंगीन वस्त्र, रेशमी कपडा, चिनी, खाद्य तेल, चन्दन वा कपुरको दान गर्न शुभ मानिन्छ।

त्यसैगरी शुक्रसँग सम्बन्धित रत्नको दान वा धारणले पनि लाभ मिल्ने बताइन्छ। यदि शुक्र ग्रहको दशाले समस्या दिइरहेको छ भने शुक्रबारको दिन व्रत बस्नु विशेष फलदायी हुने धार्मिक विश्वास छ।

प्रकाशित: ७ कार्तिक २०८२ ६:३४ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast