अमेरिकाले युद्धलाई बढावा दिन खोज्यो : भेनेजुएला

हिमाल प्रेस ८ कार्तिक २०८२ १०:३६ | Saturday, October 25, 2025
अमेरिकाले युद्धलाई बढावा दिन खोज्यो : भेनेजुएला

काठमाडौँ- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि युद्धलाई बढावा दिन खोजेको आरोप लगाएका छन्।

अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत क्यारिबियन क्षेत्रतर्फ पठाएको बेला मादुरोले यस्तो आरोप लगाएका हुन्। अमेरिकाले युद्धपोत क्यारिबियन क्षेत्रतर्फ पठाएपछि त्यस क्षेत्रमा तनाव बढेको बताइएको छ।

अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले ‘यूएसएस जेराल्ड आर फोर्ड’ विमानवाहक पोतलाई मेडिटेरियन सागरबाट क्यारिबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन्। यो पोतले ९० वटा विमान बोक्न सक्छ।

अमेरिकाको यो कदमपछि भेनेजुएलाका राष्ट्रपति मादुरोले सञ्चारकर्मीहरूसँग भने,‘उनीहरू नयाँ युद्ध सिर्जना गर्दैछन्। अब कहिल्यै कुनै युद्धमा सामेल नहुने भनेर उनीहरूले वाचा गरेका थिए। तर, उनीहरू युद्ध निर्माण गर्दैछन्।’

अमेरिका पछिल्ला दिनहरूमा क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै आएको छ। अमेरिकाले त्यस क्षेत्रमा युद्धपोत, आणविक पनडुब्बी र एफ–३५ लडाकु विमान तैनाथ गरेको छ। मादक पदार्थको तस्करी नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सुरू गरिएको अमेरिकाको भनाइ छ।

प्रकाशित: ८ कार्तिक २०८२ १०:३६ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast