विद्रोह पुष्टि नभई माओवादीसँग एकता औचित्यविहीन : झलनाथ खनाल

हिमाल प्रेस १२ कार्तिक २०८२ १३:०९ | Wednesday, October 29, 2025
विद्रोह पुष्टि नभई माओवादीसँग एकता औचित्यविहीन : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले एमालेबाट विभाजन हुनुको औचित्य पुष्टि नभई माओवादीसँग एकता गर्न नसकिने प्रस्ट्याएका छन्।

केन्द्रीय कमिटीको बैठक अघि सञ्चारकर्मीसँग बोल्दै खनालले चार वर्ष अगाडि भएको विद्रोहलाई नेतृत्वले पुष्टि नगरेको भन्दै अहिले हतारिएर एकता गर्न नहुने बताएका हुन् ।

‘चार वर्ष अघि एमालेबाट किन विद्रोह गरेको? उद्देश्य पूर्ति भयो कि भएन? पूर्ति भयो भने विद्रोह ठीक होला, नभएको भए हतारमा फेरि एकीकरण किन? विद्रोहलाई पुष्टि गर्ने काम हाम्रो नेतृत्वले गरेकै छैन । यसैले यो पुष्टि नहुँदै अर्कोतिर जाँदा प्रश्न उठ्छ,’ खनालले भने, ‘विद्रोह किन गरियो र हामी कहाँ पुग्यौं? यो केन्द्रीय कमिटीले यसको समाधान गर्नुपर्छ।’

आफू पनि वाम एकताको पक्षमा रहेको भन्दै उनले एकीकरण पांग्राको खेल जस्तो नभएको उनको भनाइ छ ।

‘सबै वाम एक हुनुपर्छ, दुई वाम एक भए मात्रै हुँदैन, कार्यगत एकता पहिलो आवश्यकता हो। चार वर्षको यात्राको समीक्षा नै गरेको छैन, कार्यगत एकताको लागि मैदान खुला छ, रोकेको छैन,’ खनालले भने, ‘एकीकरण भनेको खेलाँची पांग्रा खेल पनि होइन। वैचारिक, राजनीतिक, सांगठनिक, कार्यशैली, नेतृत्वको कुरा उठ्छ, यी सबै कुरामा एकरूपता भयो, पार्टीभित्र एकता भयो भने एकता हुन्छ ।’

प्रकाशित: १२ कार्तिक २०८२ १३:०९ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast