एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

हिमाल प्रेस २९ असोज २०८२ १०:५१ | Wednesday, October 15, 2025
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। आज बिहान ११ बजेपछि काठमाडौँमा बस्ने स्थायी कमिटी बैठकले भोलि बस्ने गरी बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

त्यसबाहेक अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने पार्टी नेताहरूले बताएका छन्।

सो पार्टीको एघारौँ सचिवालय बैठक असोज २४ र २६ गते बसेको थियो। बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबिच संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको थियो।

सोही बैठकले वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई चाँडो निष्कर्षमा वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको थियो।

प्रकाशित: २९ असोज २०८२ १०:५१ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast