एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

हिमाल प्रेस २७ असोज २०८२ २०:५९ | Monday, October 13, 2025
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ।

पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने उनले बताए।

साथै असोज ३१ गते गर्न बस्न लागेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकको कार्यसूची तयार गरिने जनाइएको छ।

प्रकाशित: २७ असोज २०८२ २०:५९ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast