एमाले नेता भन्छन्- संसद्‌ पुनर्स्थापना मागे घृणाको पात्र हुन्छौं

हिमाल प्रेस ३१ असोज २०८२ ११:५१ | Friday, October 17, 2025
एमाले नेता भन्छन्- संसद्‌ पुनर्स्थापना मागे घृणाको पात्र हुन्छौं

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संसद्‌ पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए घृणा र हाँसोको पात्र हुने बताएका छन्। ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

बैठकमा उनले भने, ‘दुई-दुई पटक हामी आफैँले संसद्‌ विघटन गरेकोले संसद्‌ पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बीच घृणा र हाँसोको पात्र मात्रै हुन्छौं।’

आगामी फागुन २१ गतेको चुनाव बहिष्कार गरे अर्को भिडन्त निम्तने उनको चिन्ता छ। ‘चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन,’ उनले भने।

प्रकाशित: ३१ असोज २०८२ ११:५१ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast