मंसिरमा महाधिवेशन गर्ने एमालेको निर्णय

हिमाल प्रेस २६ असोज २०८२ २१:१९ | Sunday, October 12, 2025
मंसिरमा महाधिवेशन गर्ने एमालेको निर्णय फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले मंसिर अन्तिम साता पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता पार्टीको ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए।

तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई गृहमन्त्रीको दबाबमा रिहा गराइएको भन्दै ज्ञवालीले सुरक्षाको जोखिम पैदा भएको बताए। सुरक्षाकर्मीको मनोबल खस्काउने गरी गृहमन्त्रीले काम गरिरहेको उनको भनाइ छ।

सरकार चुनाव गराउने बाटोमा नरहेको निष्कर्ष बैठकले निकालेको ज्ञवालीले जानकारी दिए। ‘दलहरूलाई भाग लिन नदिने धम्की दिनेलाई सरकारले संरक्षण गरेको छ, चुनाव गराउने सरकारको मनसाय देखिएको छैन,’ उनले भने।

चुनाव गराउने विश्वसनीय आधार नदेखिएको भन्दै उनले संसद पुनः स्थापना गर्नुपर्ने आफूहरूको अडान यथावत रहेको जिकिर गरे।

प्रकाशित: २६ असोज २०८२ २१:१९ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast