संसद् पुनर्स्थापनाको विकल्प नभएको एमाले निष्कर्ष, ११ औँ महाधिवेशन पोखरामा

हिमाल प्रेस ३१ असोज २०८२ १८:५३ | Friday, October 17, 2025
संसद् पुनर्स्थापनाको विकल्प नभएको एमाले निष्कर्ष, ११ औँ महाधिवेशन पोखरामा

काठमाडौँ- नेकपा एमालेले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरा गर्ने निर्णय गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्ताव पारित गर्दै ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै यसका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको गौतमले बताए।

बैठकले संसद् पुनर्स्थापनामा एमालेको जोड भए पनि पार्टी निर्वाचनबाट नभाग्ने भन्दै निर्वाचनको वातावरण बनाउन पनि माग गरेको छ। गौतमले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढने निर्णय गरेको जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न बैठक माग गरेको छ।

प्रकाशित: ३१ असोज २०८२ १८:५३ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast