एमाले केन्द्रीय कमिटी बैठक बुधबार जावलाखेलमा

हिमाल प्रेस २८ असोज २०८२ १५:४६ | Tuesday, October 14, 2025
एमाले केन्द्रीय कमिटी बैठक बुधबार जावलाखेलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको जानकारी दिए।

गौतमको भनाइमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए। एमालेको यही असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको हो।

प्रकाशित: २८ असोज २०८२ १५:४६ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast