पार्टी कार्यालय मर्मतमा जुट्यो एमाले

हिमाल प्रेस ११ कार्तिक २०८२ १२:१९ | Tuesday, October 28, 2025
पार्टी कार्यालय मर्मतमा जुट्यो एमाले

काठमाडौँ- जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मतको काम भइरहेको छ ।

च्यासल स्थित पार्टी केन्द्रीय कार्यालय निर्माणको कामलाई तीव्रता दिएको हो। आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रंगरोगनका काम भइरहेको छ।

पार्टी कार्यालयको भवन छिटो भन्दा छिटो मर्मत गरी कार्यालयबाट नियमित काम सञ्चालन गरिने नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ। कार्यालयको भवन नहुँदा अहिले कार्यालय परिसरमा पाल टाँगेर नियमित काम सञ्चालन भइरहेको छ।

जेनजी आन्दोलनका नाममा अराजक जत्थाले पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरेका थिए । पार्टी कार्यालयका कतिपय सामान लुटेर लगेका थिए।

प्रकाशित: ११ कार्तिक २०८२ १२:१९ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast