नवनियुक्त दुई मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय?

हिमाल प्रेस ९ कार्तिक २०८२ १५:३४ | Sunday, October 26, 2025
नवनियुक्त दुई मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय?

काठमाडौँ- नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा.सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका थिए। शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ताले युवा तथा खेलकुद मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनीहरूसहित खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ मन्त्रीमा सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो। प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रूपमा सिफारिस गरेकी थिइन्।

प्रकाशित: ९ कार्तिक २०८२ १५:३४ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast