आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई पक्राउ

हिमाल प्रेस ८ कार्तिक २०८२ १०:३४ | Saturday, October 25, 2025
आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई पक्राउ

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन्।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले हिजो राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा बर्दिया घर भइ काठमाडौँ कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौंको मालिगाउँ बस्दै आएका १६ वर्षीय सोनम थापामगरलाई पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा उनीहरूको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो। गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो। उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ।

उनीहरूसँग प्रहरीले प्रयोग गर्ने बेल्ट र अरू सामग्री समेत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

उनीहरू दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ८ कार्तिक २०८२ १०:३४ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast