ट्रम्पको एसिया भ्रमण ‘उत्कृष्ट’, सी चिनफिङसँग निर्णायक भेट बिहीबार

हिमाल प्रेस १२ कार्तिक २०८२ १७:११ | Wednesday, October 29, 2025
ट्रम्पको एसिया भ्रमण ‘उत्कृष्ट’, सी चिनफिङसँग निर्णायक भेट बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणलाई ‘उत्कृष्ट’ भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म अत्यन्तै बुद्धिमान, प्रतिभाशाली र अद्भुत नेताहरूसँग काम गर्दै छु, त्यसैले यो यात्रा साँच्चिकै महान् भइरहेको छ।’

भ्रमणका क्रममा ट्रम्प विभिन्न मुलुकका नेताहरूबाट प्रशंसा र आतिथ्य पाउँदै आएका छन्। उनले उक्त भ्रमणले अमेरिकामा नयाँ लगानी आकर्षित गर्न मद्दत गरिरहेको दाबी पनि गरेका छन्।

ट्रम्पको यो भ्रमणको सबैभन्दा महत्त्वपूर्ण चरण भने बिहीबार हुने चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको बैठक हो। उक्त भेटबारे ट्रम्पले लेखेका छन्, ‘यो दुवै देशका लागि उत्कृष्ट बैठक हुनेछ।’

विश्लेषकहरूका अनुसार उक्त भेटले अमेरिका-चीन सम्बन्धमा नयाँ दिशा निर्धारण गर्न सक्ने सम्भावना छ।

प्रकाशित: १२ कार्तिक २०८२ १७:११ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast