ट्रम्प र सी दक्षिण कोरियामा भेटवार्ता, ट्रम्पले के भने?

हिमाल प्रेस १३ कार्तिक २०८२ ११:३८ | Thursday, October 30, 2025
4
SHARES
ट्रम्प र सी दक्षिण कोरियामा भेटवार्ता, ट्रम्पले के भने?

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्तापछि चिनियाँ आयातमा लाग्ने शुल्क घटाउने घोषणा गरेका छन्। दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको भेटपछि उनले सो घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले अमेरिकाको दुर्लभ खनिज पहुँचसम्बन्धी विवाद पूर्णरूपमा समाधान भएको बताउँदै यससँगै दुई देशबीच लामो समयदेखि जारी व्यापारिक तनावमा केही सहजता हुने बताए।

चीनले भने ट्रम्पका उक्त भनाइप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

त्यसैगरी, चिनियाँ स्वामित्वमा रहेको टिकटक अमेरिकामा सञ्चालनबारे भने सम्झौता सार्वजनिक गरिएको छैन। विश्लेषकहरूले यस विषयमा निर्णायक प्रगतिको अपेक्षा गरेका थिए।

विश्लेषकहरूका अनुसार हालको वार्तामा सी मजबुत आर्थिक नीतिको लक्ष्य लिएर सहभागी भएका थिए। बीबीसी

प्रकाशित: १३ कार्तिक २०८२ ११:३८ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast