अनमोल अभिनीत ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

हिमाल प्रेस २४ असोज २०८२ १५:१४ | Friday, October 10, 2025
अनमोल अभिनीत ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

काठमाडौँ- अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरको लबिम मलमा कार्यक्रम गर्दै शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथासँगै हिमाल आरोहण गर्ने युवाको संघर्ष देखाइएको छ। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।

फिल्ममा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्ममा भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’लगायत कलाकारले अभिनय गरेका छन्।

यही असोज ३१ मा प्रदर्शन हुने फिल्मका निर्माता रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी हुन्।

प्रकाशित: २४ असोज २०८२ १५:१४ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast