आज ४५ औँ विश्व खाद्य दिवस मनाइँदै

हिमाल प्रेस ३० असोज २०८२ ७:४३ | Thursday, October 16, 2025
आज ४५ औँ विश्व खाद्य दिवस मनाइँदै सांकेतिक तस्बिर।

काठमाडौँ- नेपालसहित विश्वभर आज ४५औँ विश्व खाद्य दिवस मनाइँदै छ। स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित प्रत्येक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउने गरिन्छ।

यस वर्षको दिवस ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ मनाइँदै छ। कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रम आयोजना गरेको छ।

दिवस मनाउनका लागि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। विभागका अनुसार दिवसका अवसरमा खाद्य प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर प्रकाशन, सन्देश प्रसारण लगायत गतिविधि सञ्चालन हुनेछन्।

महानिर्देशक सञ्जेलले भोकमरी न्यूनीकरण र पोषण सुधारका अभियानलाई प्रवर्द्धन गर्न यस दिवसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा जनचेतनामूलक प्रचार–प्रसार, अन्तरक्रिया र लेख–रचना प्रकाशन पनि गरिनेछ।

संयुक्त राष्ट्रसंघको २०औँ साधारण सभाले सन् १९७९ मा खाद्य तथा कृषि संगठन (एफएओ) को स्थापना दिवसका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसयता सन् १९८१ देखि हरेक वर्ष विश्व खाद्य दिवस मनाइँदै आएको छ।

प्रकाशित: ३० असोज २०८२ ७:४३ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast