काठमाडौँमा तिहार फ्लोरा एक्स्पो गरिने

हिमाल प्रेस २६ असोज २०८२ १८:३८ | Sunday, October 12, 2025
काठमाडौँमा तिहार फ्लोरा एक्स्पो गरिने फाइल तस्बिर।

काठमाडौँ- नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्यनजर गर्दै असोज २८ गतदेखि काठमाडौंमा तेस्रो तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ।

संघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असोज २८ देखि कात्तिक १ गतेसम्म तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको हो।

उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने मेलाका संयोजक तथा संघका उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन्।

मेलामा विभिन्न प्रजातिका फूल तथा नफुल्ने आलंकारिक फूलका बिरुवालगायत कृषि तथा जडीबुटी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्रीमा राखिने उनले बताइन्। मेलामा ६२ वटा व्यवसायिक स्टल रहने बताइएको छ। साथै मेलामा मलखाद, अर्गानिक एवं रसायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने उनको भनाइ छ।

त्यस्तै व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराइ व्यवसायीहरुको हौसला बढाउन शिल्ड तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।

मेलामा कम्तीमा ३५ हजारले अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने संघको अपेक्षा छ।

प्रकाशित: २६ असोज २०८२ १८:३८ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast