आगामी पुसमा बाघ गणना

हिमाल प्रेस ११ कार्तिक २०८२ १२:४१ | Tuesday, October 28, 2025
आगामी पुसमा बाघ गणना

चितवन- आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो।

बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ। गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो। यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ ।

हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ। विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो। एकसिंगे गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ। गैँडा गणना गर्न तीन साता लाग्छ। निर्वाचन हुने भएकाले गैँडा गणनाका विषय भने अन्योल छ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ । बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले १८ लाख रुपैयाँ विनियोजन गरेको छ । यसका लागि एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने गर्द । गैँडा गणनाका लागि पनि विभागले १८ लाख रुपैयाँ नै विनियोजन गरेको छ। गैँडा गणना गर्न दुई करोड रुपैयाँ बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दाताहरूसँग सहयोग मागिने छ।

प्रकाशित: ११ कार्तिक २०८२ १२:४१ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast