दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवकको मृत्यु

हिमाल प्रेस ६ कार्तिक २०८२ ७:३५ | Thursday, October 23, 2025
दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवकको मृत्यु प्रतीकात्मक तस्बिर।

रुपन्देही– रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ।

बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो मूर्ति सेलाउनेक्रममा उनीहरु बेपत्ता भएको र खोजी गर्दा उनीहरुको शव घाटभन्दा करिब डेढ सय मित्र तल भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ६ कार्तिक २०८२ ७:३५ | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast