डुबेर तीन किशोरीको ज्यान गयो

हिमाल प्रेस २७ असोज २०८२ १४:०१ | Monday, October 13, 2025
डुबेर तीन किशोरीको ज्यान गयो

काठमाडौँ- रौतहट जिल्लाको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा पानी जमेको खाल्डोमा डुबेर तीन किशोरीको ज्यान गएको छ।

राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राधनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाको सहयोगमा उनीहरुको शव खाल्डोबाट बाहिर निकालेको हो।

उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिताकुमारी बैठालाई भने स्थानीय बासिन्दाहरुले सकुशल उद्धार गरेका छन्।

प्रकाशित: २७ असोज २०८२ १४:०१ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast