यस्तो छ अनिवार्य अवकाश हुने शिक्षकहरूको विवरण (सूची)

हिमाल प्रेस ५ कार्तिक २०८२ १०:४२ | Wednesday, October 22, 2025
52
SHARES
यस्तो छ अनिवार्य अवकाश हुने शिक्षकहरूको विवरण (सूची)

काठमाडौँ- राष्ट्रिय किताबखानाले देशभरका ७७ वटै जिल्लामा कार्यरत शिक्षकमध्ये २०८२ सालको पुस मसान्तसम्म उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका शिक्षकहरूको विवरण सार्वजनिक गरेको छ।

शिक्षक अभिलेख तथा विवरण व्यवस्थापनको जिम्मेवारी पाएको किताबखानाले गत वैशाख ८ गते नै सम्बन्धित शिक्षकहरूको नाम, कार्यरत विद्यालय, अवकाशको मिति उल्लेख गरेर विवरण सार्वजनिक गरेको थियो। पुस मसान्त नजिकिँदै गर्दा उक्त विवरणबारे शिक्षकहरूलाई जानकारी हुने बताइएको छ।

उक्त विवरणअनुसार पुस मसान्तसम्म अनिवार्य अवकाशमा जाने शिक्षकहरूको संख्या उल्लेखनीय रहेको छ। अवकाश हुने शिक्षकहरू प्रा.वि., नि.मा.वि. र मावि तहका स्थायी शिक्षकहरू छन्।

राष्ट्रिय किताबखानाले यस विवरणले शिक्षकमैत्री योजना निर्माण, दरबन्दी व्यवस्थापन र आगामी प्रतिस्थापन प्रक्रिया सहज बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न यो पहल महत्वपूर्ण मानिएको छ। किताबखानाले विवरण सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमार्फत जानकारी गराइसकेको र सरोकारवाला पक्षले आधिकारिक वेबसाइट वा सूचना पाटीमार्फत पनि उक्त जानकारी प्राप्त गर्न सक्ने जनाएको छ।

यस्तो छ विवरण

प्रकाशित: ५ कार्तिक २०८२ १०:४२ | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast