विश्वप्रकाश शर्माले यसरी गरे शेरबहादुर देउवाको प्रशंसा

हिमाल प्रेस २९ असोज २०८२ १५:४५ | Wednesday, October 15, 2025
विश्वप्रकाश शर्माले यसरी गरे शेरबहादुर देउवाको प्रशंसा विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाको प्रशंसा गरेका छन्। शर्माले बुधबार सामाजिक सञ्जालमा देउवाको प्रशंसा गरेका हुन्।

उनले लेखेका छन्, ‘जेनजी प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ…, आफैँ भौतिक आक्रमणमा परेर पनि कुनै आवेग बेगर हार्दिक रूपमा यी शब्द लिखितम् सहित बोल्नुभयो उहाँले। आग्रह गर्नुभयो- …व्यक्तिगत या समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याइनुपर्छ…!’

शर्माले कार्यसमितिमा बहुमत रहे पनि आफूहरूलाई आगामी यात्रको परीक्षा सुम्पिएर देउवाले पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानुभयो हामी सबैलाई ‘आगामी यात्राको परीक्षा’ सुम्पिएर।’

शर्माले देउवाले समयको स्वरलाई सम्मान गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान।’ उनले देउवाको यस्तको कर्मको कर्मको मर्म आत्मसात् गर्दै अब नयाँ ढंगले जुट्नुपर्ने उल्लेख गरेका छन्। ‘इतिहासमा आर्जित विश्वसनीयता पुनःपुष्टि गर्ने दायित्व अब संयम र एकतासाथ सम्हाल्ने परिपक्वता हामीले राख्नुछ’, शर्माले लेखेका छन्।

देउवाले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा स्वास्थ्यको कारण देखाई उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका नेताहरूमाथि पुस्तान्तरणको दबाब छ। २४ गतेको घटनाा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती मंगलबार सार्वजनिक रूपमा देखा परेका थिए।

प्रकाशित: २९ असोज २०८२ १५:४५ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast