काठमाडौँको बागमती नदीमा शनिबार आएको बाढी।
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले वर्षाका कारण खतराको तह पार गरेका नदीहरुको जलस्तर घट्ने क्रममा रहेको जनाएको छ।
सप्तकोशी नदी खतराको तहभन्दा माथि नै रहे पनि अन्य नदीहरुको जलस्तर घट्ने क्रममा रहेको विभागले जनाएको हो। विभागको बाढी पूर्वानुमान महाशाखाका इन्जिनियर मौसम भण्डारीले कोशी प्रदेशको तुलनामा बागमती र मधेश प्रदेशका नदीको स्तर केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको बताए।
मधेश प्रदेशमा अति वर्षा भएकाले धेरै स्थान डुबानमा रहेको उनले जानकारी दिए।
उहाले पश्चिम नेपालमा अवस्था सामान्य रहे पनि पूर्वतर्फको केही भूभागमा अझै पनि ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको बताए।
प्रकाशित: १९ असोज २०८२ १६:४०
प्रतिक्रिया



