कांग्रेस महाधिवेशनमा जानु र विगतका मापदण्ड बदल्नुपर्ने समय आएको छ : डा.चन्द्र भण्डारी

हिमाल प्रेस २ कार्तिक २०८२ ११:५४ | Sunday, October 19, 2025
कांग्रेस महाधिवेशनमा जानु र विगतका मापदण्ड बदल्नुपर्ने समय आएको छ : डा.चन्द्र भण्डारी

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले पार्टीभित्रका गुटगत गतिविधि अन्त्य गरेर विचारका आधारमा संगठन सुदृढ बनाउनुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले आगामी महाधिवेशनले विगतका मापदण्ड परिवर्तन गर्नुपर्ने र नयाँ सोचसहित पार्टी अघि बढ्नुपर्ने समय आएको बताए।

उनले लेखेका छन्,‘अब महाधिवेशनमा जानु पर्दछ, विगतका मापदण्ड बदल्नु पर्दछ। गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ। नाटक अब चल्दैन नेतृत्व कसिमा उत्रनु पर्दछ।’

डा. भण्डारीले अब अलमल नगरी पार्टीभित्रको ‘खरानी परेको’ अवस्थालाई सफा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। ‘अलमल गर्नु हुँदैन, खरानी हात परेको छ, सफा अब गर्नै पर्दछ,’ उनले भने।

प्रकाशित: २ कार्तिक २०८२ ११:५४ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast