सुरक्षा र प्रभातबीच सम्बन्ध समेटिएकाे ‘धागो’ को गीत ‘मेरो सम्झना’

हिमाल प्रेस ३१ असोज २०८२ १३:१५ | Friday, October 17, 2025
2
SHARE
सुरक्षा र प्रभातबीच सम्बन्ध समेटिएकाे ‘धागो’ को गीत ‘मेरो सम्झना’

काठमाडौँ- फिल्म ‘धागो’ को दोस्रो गीत ‘मेरो सम्झना’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुरक्षा पन्त र प्रभात थापाबीचकाे सम्बन्धकाे कथा प्रस्तुत गरिएको छ। साथै पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ।

गीत पुष्पन प्रधान र करुणा अधिकारीले गाएका छन्। गायक प्रधानकै संगीत भरेका छन्।

फिल्मको कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने टिमकाे दाबी छ। फिल्म आगामी कार्तिक २८ मा प्रदर्शन हुनेछ। टिमका अनुसार फिल्म नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनामा केन्द्रित छ।

नेपाल र भारतका एकसाथ प्रदर्शन हुने फिल्मका निर्देशक उदिप राणा थापा हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले निर्माण गरेको हो।  फिल्मका निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा छन्।

सुरक्षा पन्त र प्रभात थापासँगै फिल्ममा सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रविन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजिव भुसाल, आइशा तामाङ, र पप्पु विश्वकर्मालगायत कलाकारको अभिनय छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।

प्रकाशित: ३१ असोज २०८२ १३:१५ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast