प्रदर्शनरत फिल्म ‘माइतीघर’ का निर्देशकले ‘कहाँ भेटिएला’ बनाउने

हिमाल प्रेस २८ असोज २०८२ १७:०७ | Tuesday, October 14, 2025
प्रदर्शनरत फिल्म ‘माइतीघर’ का निर्देशकले ‘कहाँ भेटिएला’ बनाउने

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘माइतीघर’ का निर्देशक मिलन तामाङले आगामी फिल्म ‘कहाँ भेटिएला’ बनाउने भएका छन्। मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम घोषणा गरिएको हो।

निर्माण टिमका अनुसार फिल्म आगामी चैत अन्तिम सातादेखि छायांकन सुरु हुनेछ। फिल्ममा को को कलाकार र प्राविधिक रहन्छन् भन्ने खुलाइएको छैन।

निर्देशक तामाङले केहि दिनपछि जानकारी दिने बताए। ‘अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ,‘ उनले भने, ‘केहि दिनमा फिल्मको कलाकार र प्राविधिकहरूको बारेमा जानकारी दिँदै जानेछौँ।’

निर्देशक तामाङले ‘माइतीघर’बाट पहिलोपटक निर्देशन यात्रा सुरु गरेका थिए। फिल्मले दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्म असाेज १३ देखि प्रदर्शनरत छ।

प्रकाशित: २८ असोज २०८२ १७:०७ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast