काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक पदका लागि ३५६ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ।
आयोगले २०८१ साल पुस २८ गते प्रकाशित ३७० पदको विज्ञापनअनुसार खुला प्रतियोगितात्मक परीक्षामार्फत लिखित र अन्तर्वार्ताको नतिजा समेट्दै सातै प्रदेशका लागि सफल उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
आयोगको भनाइमा यी उम्मेदवारहरूलाई शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ११ ख (१) तथा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४ र २४ बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो।
आयोगका प्रशासकीय प्रमुख चन्द्रकान्त भुसालले उक्त सिफारिसको विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा पठाइएको जानकारी दिएका छन्।

प्रकाशित: १२ कार्तिक २०८२ १४:०९ | Wednesday, October 29, 2025
प्रतिक्रिया



