जाँचबुझ आयोगले माग्यो क्षतिको विवरण

हिमाल प्रेस २६ असोज २०८२ २०:३४ | Sunday, October 12, 2025
जाँचबुझ आयोगले माग्यो क्षतिको विवरण उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की।

काठमाडौँ– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी प्रदर्शनका क्रममा राजनीतिक दल, स‌घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई पुष्टि गर्ने श्रव्यदृश्य, फोटो र कागजातहरू जस्ता प्रमाण भए सो समेत उपलब्ध गराउन अनुरोध गरिएको छ। क्षतिको विवरण आयोगको इमेल र हुलाकमार्फत पनि पठाउन सकिने जनाइएको छ।

‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन भई यही असोज ९ गतेदेखि कार्य प्रारम्भ भइसकेको छ।

प्रकाशित: २६ असोज २०८२ २०:३४ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast