सुशील अभिनीत एक्सन जनरामा बनेको फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक

हिमाल प्रेस १० कार्तिक २०८२ १४:३६ | Monday, October 27, 2025
सुशील अभिनीत एक्सन जनरामा बनेको फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक

काठमाडौँ-  कलाकार सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक भएको छ। नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश दिन खाेजिएकाे छ फिल्ममा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा देखिएका छन्। फिल्म आगामी माघ ९ देखि प्रदर्शन हुनेछ।

टिजर रिलिज कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा कथा लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने, ‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।’

विजय केरुङको निर्देशनमा बनेको फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्देशक विजय केरुङले फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्ने बताए।

शिवम अधिकारीको लेखनमा बनेको फिल्ममा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन छ।

यस्ताे छ टिजर

प्रकाशित: १० कार्तिक २०८२ १४:३६ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast