भदौ २३ छोडेर २४ गतेका घटनामा मात्र कारबाही गरे न्यायविपरीत : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस १४ कार्तिक २०८२ १२:०८ | Friday, October 31, 2025
32
SHARES
भदौ २३ छोडेर २४ गतेका घटनामा मात्र कारबाही गरे न्यायविपरीत : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा.बाबुराम भट्टराईले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाबारे बनेको उच्चस्तरीय छानबिन आयोगले शीघ्र काम सम्पन्न गरी प्रतिवेदन अनुसार अन्तरिम सरकारले कदम चाल्नुपर्ने बताएका छन्।

डा.भट्टराईले सामाजिक सञ्जालमार्फत २३ गतेको घटनाबारे कुनै कारबाही नगरी २४ गतेको घटनामा संलग्नलाई मात्रै लक्षित गरेर कारबाही गर्नु जेनजी विद्रोह र न्यायका सिद्धान्तविपरीत हुने बताए। उनले यस्तो कदम क्रिया-प्रतिक्रियाको प्राकृतिक नियमविपरीत पनि हुने बताएका छन्।

‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ। त्यसविपरीत २३ गतेको घटनाबारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कारबाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्तविपरीत हुनजान्छ,’ डा.भट्टराईले लेखेका छन्।

त्यससँगै उनले पुराना पार्टीहरूभित्रका दोस्रो र तेस्रो तहका नेताहरूप्रति लक्षित गर्दै गम्भीर आत्मसमीक्षा गरेर जेनजी विद्रोहपछि नेपाली राजनीतिलाई नयाँ र अग्रगामी ढंगले पुनर्संरचना गर्न योगदान गर्नुपर्ने नत्र समय र छालले कसैलाई नपर्खने बताए।

प्रकाशित: १४ कार्तिक २०८२ १२:०८ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast