सुशीला कार्की तिरस्कृत नेताहरूको प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो : प्रभु साह

हिमाल प्रेस २९ असोज २०८२ १६:४५ | Wednesday, October 15, 2025
सुशीला कार्की तिरस्कृत नेताहरूको प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो : प्रभु साह आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन्।

मुलुकको पछिल्लो अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले अहिलेको प्रणालीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको समेत बताए।

अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको उनले बताए।

उनले जेनजी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेनजीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको टिप्पणी गरे।

सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्कृत नेताहरुको प्रस्तावमा प्रधानमन्त्री बनेको उल्लेख गदै साहले सरकार बनेपछिको गतिविधिहरु पनि अदृष्य र संदिग्ध रहेको जिकिर गरे।

वर्तमान सरकारले सिंहदरबार, सर्वोच्च अदालतलगायतमा भएको तोडफोड र आगजनीको बारेमा कुनै चासो नदेखाएको पनि नेता साहले बताए। उनले प्रधानमन्त्री कार्कीले करारको कर्मचारी हटाउने निर्देशन दिएर अन्याय गरेको पनि धारण राखे।

संसद पुनस्र्थापनको कुरा जनताले उही बेलामा खारेज गरिसकेको बताउँदै नेता साहले फेरि गिजोल्ने काम आफूहरुको लागि स्वीकार्य नरहेको बताए।

प्रकाशित: २९ असोज २०८२ १६:४५ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast