सुगम पोखरेलले ल्याए तिहार गीत ‘भाइटीका’ [भिडियोसहित]

हिमाल प्रेस ३ कार्तिक २०८२ १५:४० | Monday, October 20, 2025
सुगम पोखरेलले ल्याए तिहार गीत ‘भाइटीका’ [भिडियोसहित]

काठमाडौँ- गायक सुगम पोखरेलले ‘भाइटीका’ बोलको तिहार गीत सार्वजनिक भएको छ। गीत गायक पोखरेलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

उनीसँगै गीतमा संगीता राना प्रधानको स्वर छ। गायक पोखरेलकै शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्।

गीत दिदीको हातको टीका लगाउन तिहारमा आउँदै गरेको भाइकाे कथा छ।  तिहारमा खुसीको माहोल हुने भन्दै उनले शब्दमा इन्द्रेणीले निधार सजिने सेलरोटी, मिठाई खाने र देउसी भैलो खेल्ने परम्परालाई समेटेका छन्। दिदीलाई माला उनेर र दियो बालेर बस्नु पनि भनेका छन्।

तिहारको खुसी समेटिएको गीतमा दीर्घायुको कामना गर्दै दिदीले भाइलाई दिइने शुभकामना पनि समेटिएको छ।

यस्ताे छ गीत

प्रकाशित: ३ कार्तिक २०८२ १५:४० | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast