हात्ती धपाउन झापामा विशेष गस्ती

हिमाल प्रेस २४ असोज २०८२ ७:०३ | Friday, October 10, 2025
हात्ती धपाउन झापामा विशेष गस्ती फाइल तस्बिर।

झापा- बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जंगलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा ६ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ। किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ। विगतका वर्षमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए।

विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन् भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको छ।

प्रकाशित: २४ असोज २०८२ ७:०३ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast