ओलीको एकता प्रस्तावमा समाजवादीको जवाफ : ‘उहाँले एकता गर्ने हैसियत गुमाउनुभयो’

हिमाल प्रेस २९ असोज २०८२ १८:२० | Wednesday, October 15, 2025
ओलीको एकता प्रस्तावमा समाजवादीको जवाफ : ‘उहाँले एकता गर्ने हैसियत गुमाउनुभयो’ दामोदर अर्याल

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमार्फत एकीकृत समाजवादीलाई एकताको प्रस्ताव गरेका छन्।

माओवादीसँग एकताको प्रक्रिया अघि बढिरहेका बेला ओलीले एकता प्रस्ताव गरेको विषयमा समाजवादीले इन्कार गरेको छ।

समाजवादीका पोलिट्ब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले ओलीले एकता गर्ने हैसियत गुमाएको प्रतिक्रिया दिएका छन्।

‘यो एकताको प्रस्ताव ओलीले गर्ने होइन। त्यो हैसियत उहाँले गुमाइसक्नु भएको छ। हामी उहाँको राजनीतिक अवकाश चाहान्छौँ। ७६ जना युवाहरुको रगतले कट्कटिएका उहाँका हातहरुसँग हामी कसरी हात मिलाउन सक्छौँ?, उनले भने।

अर्यालले एकीकृत समाजवादीहरु इमानदारीका साथ क्रान्तिको झण्डा बोकेर बसेको र हामी बास बस्नका लागि कसैको पिढी नखोजेको बताएका छन्।

‘ढुक्क हुनुहोस्, ओलीजी! कम्तीमा हामी शरणार्थी भएर गुण्डु आउनेवाला छैनौँ,’ अर्यालले भनेका छन्।

अर्यालले ओलीले मात्र नभई समग्र एमालेले एकताको प्रस्ताव गरे छलफल गर्न सकिने बताएका छन्। `एमाले पार्टीले आह्वान गर्यो भने छलफल गर्न सकिन्छ। किनकि एमाले निर्माणमा हाम्रो जेन्जी उमेर,युवा अवस्था र परिपक्व समयसम्म खर्चेका थियौँ। त्यही पार्टीको झण्डा बाेकेर हिरासत र जेल जीवन बिताएका थियौँ।´

प्रकाशित: २९ असोज २०८२ १८:२० | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast