फाइल तस्बिर
काठमाडौँ– मलेसियन क्रिकेट संघको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसीए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’ मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन्।
आगामी कात्तिक १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले सहभागिता जनाउने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
नेपाली महिला टोलीले यसअघि पनि मलेसियामा नै सुपर वुमन सिरिज खेलेको थियो। त्यसपछि नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृंखला खेलेको थियो। यो शृंखला नेपाली महिला टोलीले ३–२ ले जितेको थियो।
प्रकाशित: २४ असोज २०८२ १६:०४ | Friday, October 10, 2025
प्रतिक्रिया




