आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु

हिमाल प्रेस ७ कार्तिक २०८२ १४:०५ | Friday, October 24, 2025
आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु

काठमाडौँ- अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा शुक्रबार मृत्यु भएको छ।

उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। पौडेलको निधन शुक्रबार बिहान ८ः३० बजे भएको हो।

गायिका समेत रहेकी नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर बर्न अस्पताल लगिएको थियो।

त्यसपछि प्रहरीले गिरीलाई सोधपुछका लागि बोलाएको थियो।

प्रकाशित: ७ कार्तिक २०८२ १४:०५ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast