चाँदीको सिक्काको मूल्य ३२ सय रुपैयाँ, सुनको असर्फी बिक्रीवितरण नगरिने

हिमाल प्रेस २८ असोज २०८२ १३:४८ | Tuesday, October 14, 2025
चाँदीको सिक्काको मूल्य ३२ सय रुपैयाँ, सुनको असर्फी बिक्रीवितरण नगरिने

काठमाडौँ- धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री गर्न थालेको छ। बैंकले काठमाडौँको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री सुरु गरेको टक्सार महाशाखाले जनाएको छ।

बैंकले १० ग्राम चाँदीको एउटा सिक्काको मूल्य ३२ सय रुपैयाँ तोकेको छ। सुनको असर्फी भने यस वर्ष बिक्रीवितरण नगरिने महाशाखाले जानकारी दिएको छ।

बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्रीवितरण गर्दै आएको थियो। तर केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फी छाप्ने विषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै बिक्रीवितरण गरिएको महाशाखाले जनाएको छ।

चाँदीको सिक्का बिक्री सुरु भएसँगै सर्वसाधारणहरु लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का खरिद गर्न महाशाखा पुगेका छन्।

प्रकाशित: २८ असोज २०८२ १३:४८ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast