जेनजी आन्दोलन छानबिन आयोगका पदाधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश

हिमाल प्रेस १२ कार्तिक २०८२ १६:२४ | Wednesday, October 29, 2025
जेनजी आन्दोलन छानबिन आयोगका पदाधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध दायर रिटमाथि बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

अदालतले विपक्षी पक्षलाई छलफलका लागि उपस्थित हुन पनि आदेश दिएको छ। रिट दायर गर्ने अधिवक्ता ढकालले कार्की र शर्मामाथि छानबिनको विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गरेर पूर्वाग्रही व्यवहार देखाएको आरोप लगाएका छन्।

रिटमा अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग समेत गरिएको छ। रिट निवेदनमा उल्लेख भएअनुसार आयोगका पदाधिकारीहरूले न्यायिक दृष्टिकोण अपनाउनुपर्ने भए पनि घटनाबारे पहिले नै सार्वजनिक धारणा प्रकट गरिसकेकाले उनीहरूबाट निष्पक्ष छानबिन सम्भव नहुने दाबी गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०८२ १६:२४ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast