शेखरले गरे केन्द्रीय कार्यसमिति बैठक अघि आफू निकटका नेताहरूसँग छलफल

हिमाल प्रेस १४ कार्तिक २०८२ ११:३३ | Friday, October 31, 2025
26
SHARES
शेखरले गरे केन्द्रीय कार्यसमिति बैठक अघि आफू निकटका नेताहरूसँग छलफल

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठक अघि आफू निकट नेताहरूसँग छुट्टै छलफल गरेका छन्।

आज बिहान कोइरालाले विशालनगरस्थित आफ्नै सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग भेटवार्ता गरेका हुन्।

बैठकमा पार्टीभित्रको स्थिरता र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा चर्चा भएको सहभागी एक नेताले जानकारी दिएका छन्।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका पेस गर्न अस्वीकार गरेपछि महामन्त्री गगन थापाले बैठक बहिष्कार गरेका थिए।

आज बस्ने बैठकले पनि कुनै निष्कर्ष ननिकाले थापाले फेरि बैठक बहिष्कार गर्ने वा बैठकमा सहभागी भएर कार्यवाहक सभापतिसँग समय लिएर आफ्नो धारणा राख्दै प्रस्तावित तालिका सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

थापाले मंसिरमा कांग्रेसको विशेष महाधिवेशन गर्ने प्रस्ताव तयार पारेका छन्। विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित निवेदन पनि बुझाइसकेका छन्।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले फागुन २१ गतेका लागि तय भएको निर्वाचनअघि नै विशेष महाधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिइरहेका छन्।

आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन केन्द्रित बहस जारी

प्रकाशित: १४ कार्तिक २०८२ ११:३३ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast