सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

हिमाल प्रेस ३ कार्तिक २०८२ २०:२३ | Monday, October 20, 2025
सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता प्रतीकात्मक तस्बिर।

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका-१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छिन्।

जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता भएकी छिन्। त्रिनपा-१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज (सोमबार) दिउँसो साथीहरुसँग सुनकोशीमा नुहाउन भएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएका छन्।

घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदारमान दोङले बताए। रासस

प्रकाशित: ३ कार्तिक २०८२ २०:२३ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast