स्याङ्जाको गल्याङमा तास खेल्ने सात जना पक्राउ

हिमाल प्रेस ३ कार्तिक २०८२ १९:१० | Monday, October 20, 2025
स्याङ्जाको गल्याङमा तास खेल्ने सात जना पक्राउ फाइल तस्बिर

पोखरा- स्याङ्जाको गल्याङमा तास खेलिरहेको अवस्थामा सोमबार सात जना व्यक्तिहरू पक्राउ परेका छन्।

गल्याङ नगरपालिका-१, मालुंगास्थित गणेश बस्यालको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई दिउँसो साढे ३ बजे प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले १ लाख ९७ हजार सहित ३ बुक तास बरामदसमेत गरेको छ।

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार बस्यालको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक कमलराज पण्डितको कमाण्डमा खटिएको विशेष टोलीले जुवा खालबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ पर्नेमा घरधनी ५० वर्षीय गणेश बस्याल, सोही ठाउँका ७२ वर्षीय कुश्माखर न्यौपाने, ५९ वर्षीय ओम श्रेष्ठ, ४२ वर्षीय चूडामणि बस्याल, ४२ वर्षीय लोकनाथ बस्याल, ४४ वर्षीय सुन्दर बस्याल र ५१ वर्षीय लक्ष्मीप्रसाद बस्याल छन्।

उनीहरुलाई अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएकोले प्रहरीले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १९:१० | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast