गाजामा स्वास्थ्य क्षेत्र पुनर्निर्माणका लागि सात अर्ब डलर आवश्यक : विश्व स्वास्थ्य संगठन

हिमाल प्रेस ७ कार्तिक २०८२ ७:५९ | Friday, October 24, 2025
गाजामा स्वास्थ्य क्षेत्र पुनर्निर्माणका लागि सात अर्ब डलर आवश्यक : विश्व स्वास्थ्य संगठन

काठमाडौँ- विश्व स्वास्थ्य संगठनले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने बताएको छ।विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो बताएका हुन्।

‘इजरायली आक्रमणमा गाजामा भएका अस्पतालहरूसमेत निशानामा परेका थिए। अहिले गाजामा पूर्ण क्षमतामा काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ’, उनले भने।

‘गाजामा अत्यावश्यक औषधी, उपकरण र स्वास्थ्यकर्मीको अभाव छ। ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तिमा सात अर्ब खर्च हुनेछ’,उनले थपे।

प्रकाशित: ७ कार्तिक २०८२ ७:५९ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast