सुरक्षा परिषद् कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

हिमाल प्रेस ८ कार्तिक २०८२ ११:५४ | Saturday, October 25, 2025
सुरक्षा परिषद् कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र सुरक्षा परिषद्को कमजोर वैधताले विश्व शान्तिलाई गम्भीर खतरा पुर्‍याउनसक्ने चेतावनी दिएका छन्।

सीमित देशहरू स्थायी सदस्यका रूपमा रहेको यो परिषदमा स्वार्थअनुसार भिटो प्रयोग, अनुकूलताका आधारमा निर्णय जस्ता विषयले चिन्ता थपिएको बताएका हुन्।

संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा एक सन्देश दिँदै महासचिव गुटेरेसले राष्ट्र संघप्रतिको विश्वास घट्दै गएको समेत उल्लेख गरेका  छन्। सुरक्षा परिषद्ले आफ्नो मुख्य उद्देश्य पूरा गर्न असफल हुँदा संस्थाप्रतिको विश्वास घट्दै गएको बताउँदै सुधारको आवश्यकता औँल्याए। गुटेरेसका अनुसार केही सदस्य राष्ट्रले संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन गर्दा विश्व शान्ति र स्थायित्वमा जोखिम बढेको छ।

उनले परिषद्को सदस्यता वर्तमान विश्वको जनसांख्यिक प्रतिनिधित्वअनुसार विस्तार गर्नुपर्नेमा जोड दिँदै अफ्रिका, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रलाई स्थायी सिट दिनुपर्ने बताए। साथै, भिटो अधिकारको सीमित प्रयोगबारे छलफल गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याए। गत आठ दशकमा परिषद्को योगदानका साथै यसको सीमितताप्रति ध्यानाकर्षण गराउँदै संस्थाको विश्वसनीयता जोगाउन सबै सदस्य राष्ट्र जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ८ कार्तिक २०८२ ११:५४ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast