वृश्चिक राशि हुनेले आज मनग्य धन आर्जन गर्ने, बिछोडिएकासँग भेट हुने, अन्यको के होला?

हिमाल प्रेस ३१ असोज २०८२ ५:२९ | Friday, October 17, 2025
2
SHARE
वृश्चिक राशि हुनेले आज मनग्य धन आर्जन गर्ने, बिछोडिएकासँग भेट हुने, अन्यको के होला?

आज असोज ३१ गते शुक्रबार कात्तिक कृष्ण एकादशी तिथि। शुक्ल बालव मघा पञ्चाङ्गको दिन। तदअनुसार आज १७ अक्टोबर २०१७ । आज माता पाथीभराको दर्शन गर्ने उत्तम दिन पनि हो।

मेष

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

वृष

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

मिथुन

साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

कर्कट

प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

सिंह

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरू गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कन्या

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

तुला

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। व्यापारबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

वृश्चिक

नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

धनु

शत्रू र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ।

मकर

काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ।

कुम्भ

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मीन

काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रूचि बढ्नेछ।

प्रकाशित: ३१ असोज २०८२ ५:२९ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast