कारको ठक्करबाट घाइते स्कुटर चालकको उपचारका क्रममा मृत्यु

हिमाल प्रेस ४ कार्तिक २०८२ ६:५४ | Tuesday, October 21, 2025
कारको ठक्करबाट घाइते स्कुटर चालकको उपचारका क्रममा मृत्यु

काठमाडौँ- काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ।

उक्त सडक खण्डमा बा ५ च ८३२० नम्बरको कारले बाप्र०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते हुनुभएको थियो। उहाँको शङ्खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।’

ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ४ कार्तिक २०८२ ६:५४ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast