विद्यालय कर्मचारी जसले ४४ वर्ष विद्यालयमा बिताए, अहिले खालीहात अवकाश

हिमाल प्रेस ३ कार्तिक २०८२ ११:११ | Monday, October 20, 2025
122
SHARES
विद्यालय कर्मचारी जसले ४४ वर्ष विद्यालयमा बिताए, अहिले खालीहात अवकाश

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीका मागप्रति सरकार पूर्ण रूपमा संवेदनहीन बनेको टिप्पणी गरेका छन्।

रुपन्देहीको फर्साटिकर माविमा ४४ वर्ष लामो सेवा गरेका विद्यालय कर्मचारी लक्ष्मण ज्ञवाली अवकाश लिनु अघि पनि सरकारले माग सम्बोधन नगरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष तिवारीले भने, ‘नेपाल सरकार अन्धो बनेको नै हो त?’

अध्यक्ष तिवारीका अनुसार ज्ञवाली परिषद्का संस्थापक सदस्यमध्ये एक हुन् जसले कर्मचारीका हक अधिकारका लागि लामो समयदेखि आन्दोलन, छलफल र माग प्रस्तुत गर्दै आएका थिए। ‘सरकार फेरिए, पार्टीहरू बदलिए तर कुनै पनि सरकारले विद्यालय कर्मचारीका मागलाई प्राथमिकतामा राखेन,’ तिवारीले भने।

उनले लामो समयसम्म विद्यालय प्रशासनका कर्मचारीहरू संस्थागत हैसियत नपाई रित्तो हात घर फर्किन बाध्य भइरहेको बताए। ‘लक्ष्मण दाजु जस्ता निष्ठावान् कर्मचारीहरू खालीहात घर फर्किनु विडम्बना हो,’ तिवारीले दुखेसो पोखे।

अध्यक्ष तिवारीले आफूलाई अहिलेको जिम्मेवारीसम्म पुर्‍याउन ज्ञवालीको मार्गदर्शन र सहयोगको ठूलो योगदान रहेको उल्लेख गर्दै आभार व्यक्त गरे। साथै उनले देशभरका सामुदायिक विद्यालयका कर्मचारीलाई सम्मानजनक तलब, सुविधा र सम्मानजनक अवकाशको व्यवस्था दिलाउने आफ्नो प्रयास निरन्तर रहने बताए।

 ‘निरन्तरताले नै सफलता दिलाउने छ,’ तिवारीले भने।

प्रकाशित: ३ कार्तिक २०८२ ११:११ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast