समीर भट्ट अभिनीत ‘१२ गाउँ’ सिनेमाघर एपमा हेर्न सकिने

हिमाल प्रेस ४ कार्तिक २०८२ १३:३९ | Tuesday, October 21, 2025
समीर भट्ट अभिनीत ‘१२ गाउँ’ सिनेमाघर एपमा हेर्न सकिने

काठमाडौँ- गत वर्ष दसैँमा हलमा चलेको फिल्म ‘१२ गाउँ’ ओटिटी प्लेटफर्म सिनेमाघरमा सार्वजनिक भएको छ। तिहारकाे अवसरमा टिमले फिल्म  ओटिटीमा सार्वजनिक गरेका हुन्।

फिल्म दर्शकले रु. २ सय ९९ मा हेर्न सक्नेछन्। फिल्म सिनेमाघरसहित एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा सिनेमाघर एप डाउनलोड गरेर हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि हेर्न सकिने सुविधा प्रदान गरिएको छ।

अभिनेता बिराज भट्टको निर्देशनमा बनेको फिल्ममा बिराजसँगै समीर भट्ट, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय गरेका छन्।

फिल्मको कथा स्वयं बिराजले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्। फिल्मले हलमा २२ करोड रुपैयाँभन्दा माथि व्यापार गरेको थियो।

सिनेमाघर एपमा अन्य फिल्म चर्चित ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायत फिल्म हेर्न सकिनेछ।

प्रकाशित: ४ कार्तिक २०८२ १३:३९ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast