 रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल।
                             रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल।
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोजउद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरेको छ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शनिबार विज्ञप्तिमार्फत यस्तो आह्वान गरेका हुन्। उनले भनेका छन्, ‘स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षताअनुसार सक्रियतापूर्वक जुट्न पार्टीको केन्द्रीय, प्रादेशिक, जिल्ला एवं पालिका तहसम्मका द्रुत कार्य समूहसहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा विशेष आह्वान गर्दछौँ।’
पार्टीले सबै मिली विपद्को सामना र व्यवस्थापन गर्न आग्रह् गरेको छ।
                            प्रकाशित: १८ असोज  २०८२ १२:५६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 