अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्माले पूरा गरे शतकको अर्धशतक

हिमाल प्रेस ८ कार्तिक २०८२ १७:१४ | Saturday, October 25, 2025
अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्माले पूरा गरे शतकको अर्धशतक

काठमाडौँ- भारत र अस्ट्रेलियाबीच खेलिएको तेस्रो र अन्तिम एकदिवसीय खेलमा भारतीय क्रिकेट टोलीले शानदार जित हासिल गरेको छ। यो जितसँगै श्रृंखलामा धेरै नयाँ कीर्तिमानहरू पनि बनेका छन्।

भारतले यो खेल ९ विकेटले जित्यो र यस जितका नायक बने ओपनर रोहित शर्मा र विराट कोहली।

रोहितले १०५ बलमा शतक प्रहार गरे। यो उनको ३३ औँ एकदिवसीय शतक हो। यससँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतक पूरा गरेका छन्। उनले आफ्नो शतक ११ चौका र दुई छक्काको मद्तले पूरा गरे।

त्यस्तै विराट कोहलीले एकदिवसीय क्रिकेटमा ७५ औँ अर्धशतक पूरा गरे। यस खेलमा विराट कोहलीले श्रीलंकाका कुमारा संगकारालाई पछि पार्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने दोस्रो खेलाडी बनेका छन्।

एकदिवसीय क्रिकेटमा अहिलेसम्म सबैभन्दा धेरै १८ हजार ४२६ रन सचिन तेन्दुलकरको नाममा रहेको छ।

त्यस्तै रोहित र विराट दुवैले अस्ट्रेलियाविरूद्ध साढे दुई हजार रन पूरा गरे। उनीहरू यस्तो उपलब्धि हासिल गर्ने दोस्रो र तेस्रो खेलाडी बने।

यो खेलमा रोहितले १२५ बलमा नटआउट १२१ रन र विरोटले ८१ बलमा ७४ रनको उत्कृष्ट इनिङ खेले।

सिडनीमा खेलिएको तेस्रो एकदिवसीय खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय ग¥यो। तर, अस्ट्रेलियाली ब्याटरहरूले खास प्रदर्शन गर्न सकेनन् र पूरै टोली ४६.४ ओभरमा २३६ रनमा अलआउट भयो।

भारतका लागि हर्षित रानाले ३९ रन दिएर ४ विकेट लिए। त्यस्तै वाशिंगटन सुन्दरले २ विकेट लिँदा मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, कुलदीप यादव र अक्षर पटेलले १–१ विकेट लिए।

प्रकाशित: ८ कार्तिक २०८२ १७:१४ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast